पर्वत समाज मा स्वागत छ।

सम्पर्क गर्नुहोस्
  • हामीसँग जोडिनुहोस
गृहपृष्ठव्यक्तित्वअर्जुनप्रसाद जोशी

अर्जुनप्रसाद जोशी

अर्जुनप्रसाद जोशी
पर्वत व्यक्तित्व

अर्जुनप्रसाद जोशी

संविधान सभा सदस्य / केन्द्रीय सदस्य, नेपाली कांग्रेस
बाट : कुश्मा नगरपालिका–४, शिवालय

अर्जुनप्रसाद जोशीको जन्म पर्वतको कुश्मा नगरपालिका–४, शिवालयमा भएको हो । उहाँले कुश्मास्थित नारायण माध्यमिक विद्यालयबाट कक्षा १० सम्म अध्ययन गर्नुभयो । त्यसपछि पोखराको पृथ्वीनारायण क्याम्पसबाट मानविकी संकायमा स्नातक र कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय, केन्द्रीय विभागबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभयो ।

विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय जोशी केही समय शिक्षण पेशामा पनि लाग्नुभएको थियो । त्यसपछि जिल्ला फर्केर २०४८ सालदेखि २०६४ सालसम्म लगातार १६ वर्ष नेपाली कांग्रेसको जिल्ला सभापति भएर काम गर्नुभयो । जिल्ला सभापति रहँदै गर्दा २०५६ सालको आम निर्वाचनमा पर्वत क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित हुनुभयो । त्यसपछि उहाँ २०६४ सालमा भएको पहिलो संविधानसभा र २०७० सालमा भएको दोस्रो संविधानसभामा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभयो ।

पर्वत जिल्लाबाट तीनपटक निर्वाचित हुने अवसर पाउनुभएका जोशीले जिल्लाको विकास र लोकतान्त्रिक आन्दोलनमा उल्लेखनीय योगदान दिनुभएको छ ।

  • बुबाको नामः अमृतप्रसाद जोशी
  • आमाको नामः बालकुमारी जोशी
  • मोबाइल नंः ९८५१०२६६८०
  • इमेलः arjunpjoshi@yahoo.com
व्यक्तित्व

हाम्रा
व्यक्तित्वहरू

पर्वतका सम्माननीय व्यक्तिहरूको बारेमा जान्नुहोस्,
जो आफ्नो निःस्वार्थ सदाशयता र
सामाजिक सेवा मार्फत
सकारात्मक परिवर्तन ल्याइरहनु भएको छ।

सबै हेर्नुहोस्
प्रा. डा. तेजबहादुर सिंह महत

प्रा. डा. तेजबहादुर सिंह महत

प्रा. डा. तेजबहादुर सिंह महत नेपालका अग्रणी वन वैज्ञानिक, सामुदायिक वन व्यवस्थापनका प्रबर्द्धक तथा व...

गणेश प्रसाद तिमिल्सिना

गणेश प्रसाद तिमिल्सिना

गणेशप्रसाद तिमिल्सिना नेपालको राष्ट्रिय सभाका पूर्व अध्यक्ष हुनुहुन्छ । उहाँले २०७४ साल फागुन ३० गते...

अर्जुनप्रसाद जोशी

अर्जुनप्रसाद जोशी

अर्जुनप्रसाद जोशी नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पर्वत क्षेत्र नं १ बाट तीनपटक प्रत्यक्ष निर्वाचि...

अर्जुन प्रसाद पोखरेल

अर्जुन प्रसाद पोखरेल

नेपाल सरकारका पूर्व अर्थ सचिव, जसले प्रमुख मन्त्रालयहरू, राजस्व निकाय र प्रदेश प्रशासनमा महत्वपूर्ण...

ज्ञानेन्द्र विक्रम महत

ज्ञानेन्द्र विक्रम महत

ज्ञानेन्द्र विक्रम महत नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डिआईजी) तथा समाजसेवी हुनुहुन्छ...