पर्वत समाज मा स्वागत छ।

सम्पर्क गर्नुहोस्
  • हामीसँग जोडिनुहोस
गृहपृष्ठव्यक्तित्वभोलानाथ शर्मा

भोलानाथ शर्मा

भोलानाथ शर्मा
पर्वत व्यक्तित्व

भोलानाथ शर्मा

शिक्षा तथा सामाजिक रूपान्तरणका अभियन्ता
बाट : फलेवास नगरपालिका–५, खानिगाउँ, पर्वत

फलेवास नगरपालिका–५, खानिगाउँ निवासी भोलानाथ शर्मा पर्वत जिल्लामा शिक्षाको ज्योति फैलाउने व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। उहाँ सन् २०१५ सालदेखि शिक्षा, पुस्तकालय विकास, सामाजिक रूपान्तरण तथा स्वास्थ्य क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका एक समर्पित सामाजिक अभियन्ता हुनुहुन्छ।

युवा अवस्थादेखि नै गाउँमा पुस्तकालय स्थापना गर्ने दृढ चाहना बोकेका शर्माले परिवारजन तथा शुभेच्छुकहरूको सहयोगमा सन् २०१६ सालमा ‘मोती पुस्तकालय’ स्थापना गर्नुभयो। त्यसपछि उच्च शिक्षा अध्ययन गरी सन् २०२६ सालमा सरकारी सेवामा प्रवेश गर्नुभएका उहाँले आफ्नो जागिरे जीवनसँगै सामाजिक सेवाको अभियानलाई निरन्तर अघि बढाउनुभयो। कार्यालयको कामबाट फुर्सद पाउँदा गाउँ जाँदा पुस्तक बोकेर लैजाने उहाँको प्रयासकै कारण आज मोती पुस्तकालय देशकै उत्कृष्ट पुस्तकालयमध्ये एकका रूपमा स्थापित भएको छ।

मोती पुस्तकालय र ‘रुम टु रिड’ सँगको सहकार्यमा उहाँको सक्रियताबाट पर्वत जिल्लाका १३५ विद्यालयमा पुस्तकालय स्थापना भएका छन् भने थप ३६ विद्यालयमा पुस्तकालय विस्तार गरिएको छ। यसका कारण पर्वत जिल्ला नेपालकै सबैभन्दा धेरै विद्यालयमा पुस्तकालय भएको जिल्ला बन्न सफल भएको छ। उहाँ “पुस्तकालय केवल किताबको थुप्रो होइन, चेतना, ज्ञान, सोच परिवर्तन र आय–आर्जनको केन्द्र हो” भन्ने मान्यतामा दृढ विश्वास राख्नुहुन्छ।

शर्माको पहलमा विद्यालय पुस्तकालय, सिकाइ केन्द्र, प्राविधिक ज्ञान सेवा केन्द्र, सहकारी, महिला सिलाइकटाइ उद्योग, सुरक्षित आप्रवासन, Teach a Girl (TAG), Teach a Youth (TAY), घुम्ती पुस्तकालय, तथा ‘दिनको रु. १ सहयोग’ जस्ता बहुआयामिक कार्यक्रमहरू गाउँस्तरमै सञ्चालन भएका छन्। यी कार्यक्रमहरूले फलेवास क्षेत्र र समग्र पर्वत जिल्लामा उल्लेखनीय शैक्षिक तथा सामाजिक परिवर्तन ल्याएका छन्।

उहाँ फलेवास–५ स्थित भवानी विद्यापीठ माध्यमिक विद्यालयको अध्यक्षका रूपमा पनि कार्यरत रहनुभयो। विद्यालयलाई उच्च माध्यमिक तहमा स्तरोन्नति, विज्ञान शिक्षाको विस्तार, सयौँ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति, महिला सशक्तीकरण, साक्षरता अभियान, स्वास्थ्य शिविर सञ्चालन तथा धुलिखेल अस्पताल फलेवास स्थापना प्रक्रियासम्म उहाँको भूमिका उल्लेखनीय रहँदै आएको छ।

भोलानाथ शर्माका निरन्तर प्रयासहरूले पर्वत जिल्लामा दीर्घकालीन सामाजिक परिवर्तनको बलियो आधार निर्माण गरेका छन्।

व्यक्तित्व

हाम्रा
व्यक्तित्वहरू

पर्वतका सम्माननीय व्यक्तिहरूको बारेमा जान्नुहोस्,
जो आफ्नो निःस्वार्थ सदाशयता र
सामाजिक सेवा मार्फत
सकारात्मक परिवर्तन ल्याइरहनु भएको छ।

सबै हेर्नुहोस्
प्रा.डा खड्ग केसी

प्रा.डा खड्ग केसी

त्रिभुवन विश्वविद्यालयका सम्माननीय शिक्षाध्यक्ष तथा पर्वतका गौरव, प्रा.डा. खड्ग केसी अन्तर्राष्ट्रिय...

अर्जुन प्रसाद पोखरेल

अर्जुन प्रसाद पोखरेल

नेपाल सरकारका पूर्व अर्थ सचिव, जसले प्रमुख मन्त्रालयहरू, राजस्व निकाय र प्रदेश प्रशासनमा महत्वपूर्ण...

गणेश प्रसाद तिमिल्सिना

गणेश प्रसाद तिमिल्सिना

गणेशप्रसाद तिमिल्सिना नेपालको राष्ट्रिय सभाका पूर्व अध्यक्ष हुनुहुन्छ । उहाँले २०७४ साल फागुन ३० गते...

ज्ञानेन्द्र विक्रम महत

ज्ञानेन्द्र विक्रम महत

ज्ञानेन्द्र विक्रम महत नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डिआईजी) तथा समाजसेवी हुनुहुन्छ...

अर्जुनप्रसाद जोशी

अर्जुनप्रसाद जोशी

अर्जुनप्रसाद जोशी नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पर्वत क्षेत्र नं १ बाट तीनपटक प्रत्यक्ष निर्वाचि...