पर्वत समाज मा स्वागत छ।

सम्पर्क गर्नुहोस्
  • हामीसँग जोडिनुहोस
गृहपृष्ठअध्यक्षको सन्देश

अध्यक्षको सन्देश

अध्यक्ष गणेश शर्मा

प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, सम्माननीय शुभेच्छुकहरू,

पर्वत समाज तर्फबाट न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। काठमाडौं, जिल्लाभित्र, देशभर वा विदेशमा बसोबास गर्ने सम्पूर्ण पर्वतवासीलाई एउटै साझा मञ्चमा एकताबद्ध गर्ने उद्देश्यका साथ यो संस्थाको स्थापना गरिएको हो। पर्वत जिल्ला प्राकृतिक सौन्दर्य, संस्कृति र परम्पराले भरिपूर्ण छ तर यसको सबैभन्दा ठूलो शक्ति भनेकै यहाँका जनताको एकता, सद्भाव र समर्पण हो।

हामीले समाजमार्फत हाम्रो मौलिक संस्कृति र पहिचानको संरक्षण गर्दै आधुनिक विकासलाई आत्मसात् गर्ने संकल्प गरेका छौं। शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सेवामा सहयोग गर्दै नयाँ पुस्तालाई अवसर उपलब्ध गराउने हाम्रो ध्येय हो। रक्तदान, स्वास्थ्य शिविर, सांस्कृतिक कार्यक्रम तथा भेटघाटमार्फत हामीले प्रवासी र मातृभूमिबीचको सम्बन्ध अझ प्रगाढ बनाइरहेका छौं।

म सबै पर्वतवासी तथा शुभेच्छुकलाई हातेमालो गर्न हार्दिक आमन्त्रण गर्दछु। एकतासहित अघि बढ्दा हामी आत्मनिर्भर, सशक्त र गौरवशाली समुदाय निर्माण गर्न सक्छौं, जसले हाम्रो जरा जोगाउँदै उज्ज्वल भविष्यको बाटो खोल्नेछ।

सधन्यवाद,
गणेश शर्मा अध्यक्ष, पर्वत समाज