
पर्वत समाज आमाबुबा सम्मान तथा भेटघाट कार्यक्रम
आमा-बुवा सम्मान तथा भेटघाट कार्यक्रम
पर्वत समाजले काठमाडौंबासी पर्वते समुदायलाई एकताबद्ध गराउन तथा ८० वर्ष नाघेका आदरणीय आमाबुबा प्रतिको सम्मानका लागि विशेष कार्यक्रममा सहभागी हुन हार्दिक आमन्त्रण गर्दछ।
मिति: घटस्थापना, २२ सेप्टेम्बर २०२५
स्थान: नेपाल हाउस, हात्तीसार, काठमाडौं
विशेषता: बृद्ध आमाबुबाको सम्मान, सामाजिक भेटघाट र परम्परा तथा ऐक्यबद्धताको सामूहिक उत्सव दशैंको शुभकामना आदानप्रदान।
यो भेटघाट केवल उत्सव मात्र नभई एक पुस्ताबाट अर्को पुस्तासम्म माया, सम्मान र एकता हस्तान्तरण गर्ने अवसर हो। यस अर्थपूर्ण दिनलाई थप मूल्यवान बनाउन तपाईंको उपस्थितिको अपेक्षा गरेका छौँ।
- मिति:Sep 22, 2025
- स्थान: नेपाल हाउस, हात्तीसार, काठमाडौं


