पर्वत समाज मा स्वागत छ।

सम्पर्क गर्नुहोस्
  • हामीसँग जोडिनुहोस

अर्जुन श्रेष्ठ

अर्जुन श्रेष्ठ
स्वास्थ्य तथा चिकित्सा क्षेत्र (स्वास्थ्यकर्मी)

अर्जुन श्रेष्ठ

काठमाडौं महानगरपालिका–१०, लाखेचौर मार्ग (घर नं ४८०), नयाँ बानेश्वर। काठमाडौं, नेपाल ।

व्यापार जानकारी

व्यापारको नामOM Megashree
व्यापारको ठेगानाकाठमाडौं महानगरपालिका–१०, लाखेचौर मार्ग (घर नं ४८०), नयाँ बानेश्वर। काठमाडौं, नेपाल ।
फोन9851122342

बारेमा

स्वास्थ्य र राष्ट्रका लागि एक सङ्कल्प भन्ने मूल नाराका साथ स्थापित ओम मेगाश्री फर्मास्युटिकल्स सामूहिक लगानी भएको बृहत् योजनासहितको उद्योग हो । मेरो व्यावसायिक यात्राको प्रारम्भ नै औषधि व्यवसायबाट भयो । यसमा मसँगै अधिकांश प्रबन्धकको पनि लामो समयसम्मको औषधि व्यवसायका अनुभव जोडिएका छन् । पर्वत र म्याग्दीको भूमिबाट विस्तारित औषधि व्यवसायले जन्माएको ओम मेगाश्री फर्मास्युटिकल्स मेरो जीवनको स्वप्न योजना हो; जसलाई मैले डोका र डोलाबाट प्राप्त आशीर्वादका रूपमा लिएको छु ।

मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने औषधिमा आम समुदायको चासो र लगानी प्रवर्धनमा अग्रणी भूमिका निर्वाह गर्दै गुणस्तरीय औषधिमा जनताको प्रत्यक्ष पहुँच स्थापित गर्नु तथा निर्यातको ठोस कार्ययोजनासहित अगाडि बढ्नुलाई हामीले हाम्रो प्रमुख दायित्व ठानेका छौँ । हामी उक्त दायित्वलाई मूर्त रूप दिन मन, वचन र कर्मले समर्पित छौँ । हालसम्म सरकारी तवरबाट न्यून उपस्थिति रहे तापनि निजी क्षेत्रबाट औषधि उत्पादन र प्रवर्धनमा विशेष भूमिका रहिआएको छ । यसै परिदृश्यमा देशलाई औषधि उत्पादन, वितरण र निर्यात व्यवस्थामा समेत आत्मनिर्भर बनाउन र जनताको प्रत्यक्ष परोक्ष उपस्थिति अनिवार्य रहेको तथ्यलाई आत्मसात् गरी यसमा सर्वसाधारण जनताको समेत लगानीको परिकल्पना गरिएको छ यसर्थ यस उद्योगले उक्त परिकल्पनालाई यथार्थमा परिणत गर्न औषधि व्यवसायकै इतिहासमा पहिलो पटक आइपियोमार्फत सर्वसाधारणको लगानी सुनिश्चित गर्न लागिरहेको छ । जसले स्वदेशमै रोजगारीको वातावरण सिर्जना गरी बेरोजगार जनशक्तिको उचित व्यवस्थापन गर्ने छ ।